
काठमाडौं । मध्यपूर्वमा संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमण तथा त्यसको जवाफमा तेहरानले गरेको प्रत्याक्रमणपछि क्षेत्रीय तनाव चुलिएको छ।
विकसित घटनाक्रमसँगै मध्यपूर्वका अधिकांश देशहरूले आफ्नो हवाई क्षेत्र बन्द गरेका छन्, जसले विश्वव्यापी हवाई यातायातमा गम्भीर असर पारेको छ।
शनिबार द्वन्द्व चर्किएपछि कम्तीमा आठ देश इरान, इजराइल, जोर्डन, कतार, बहराइन, कुवेत र युएईले आफ्नो हवाई क्षेत्र पूर्ण रूपमा बन्द गरेको घोषणा गरेका छन्।
त्यस्तै सिरियाले इजरायलसँगको सीमावर्ती दक्षिणी क्षेत्रको आकाश १२ घण्टाका लागि आंशिक रूपमा बन्द गरेको जनाएको छ।
इरानले कतार, बहराइन, इजराइल, कुवेत, युईएलगायतका खाडी मुलुकमा ठूलो संख्यामा रोजगारीको लागि पुगेका छन् । यो आक्रमणका कारण नेपालीहरुसमेत जोखिममा परेका छन् ।
विश्वव्यापी उडान सेवा प्रभावित
मध्यपूर्व युरोप र एसियाबीचको प्रमुख हवाई मार्गका रूपमा विकास भइसकेको छ। रूस–युक्रेन युद्धका कारण रुस र युक्रेन र को हवाई क्षेत्र धेरै अन्तर्राष्ट्रिय एयरलाइन्सका लागि बन्द रहँदा मध्यपूर्वी मार्ग झन् महत्त्वपूर्ण बनेको थियो। तर हालको संकटपछि विश्वभरका एयरलाइन्सले उडान रद्द वा मार्ग परिवर्तन गर्न थालेका छन्।
रुसको यातायात मन्त्रालयले आफ्ना एयर क्यारियरहरूले इरान र इजरायलतर्फका उडान स्थगित गरेको जनाएको छ।
एयर इण्डियाले अस्थायी रूपमा मध्यपूर्व क्षेत्र पूर्ण रूपमा परहेज गर्ने घोषणा गरेको छ।
यसैगरी लुफथान्सा, एयर फ्रान्स, अलवेरिया, वीज एयर, टर्किस एयरलाइन्स, कतार एयरलाइन्स, भर्जिन अटलान्टिक, केएलएम, ब्रिटिस एयरवेज, एइजिन एयरलाइन्स, इण्डिगो, जापान एयरलाइन्स र स्क्यानडिनाभियन एयरलान्सले पनि क्षेत्रीय गन्तव्यतर्फको उडान स्थगित गरेको अलजजिराले जनाएको छ ।
ट्रम्पको चेतावनीपछि आक्रमण, इरानको कडा प्रतिक्रिया
ट्रम्पको चेतावनीपछि आक्रमण, इरानको कडा प्रतिक्रिया
अमेरिका र इजरायलले इरानभर मिसाइल उद्योग ध्वस्त पार्ने तथा नौसेना नष्ट गर्ने उद्देश्यले आक्रमण गरेको दाबी गरेका छन्। अमेरिकी राष्ट्रपति ट्रम्पलेले इरानको मिसाइल क्षमता ‘मिटाइने’ चेतावनी दिएका थिए।
आक्रमण हुनुअघि इरान अमेरिकासँग आफ्नो आणविक कार्यक्रमबारे वार्तामा संलग्न थियो। तर आक्रमणलगत्तै इरानले कडा जवाफ दिने घोषणा गर्दै इजरायलसहित अमेरिकी सैन्य सम्पत्ति रहेका खाडी अरब राष्ट्रहरूमा पनि आक्रमण सुरु गरेको जनाएको छ। ती देशहरूमा कतार, कुवेत, यूएई र बहराइन पर्छन्, जहाँ अमेरिकी सैन्य आधारहरू रहेका छन्।
एक वरिष्ठ इरानी अधिकारीले अलजजिरासँगको कुराकानीमा भने, ‘मध्यपूर्वमा रहेका सबै अमेरिकी र इजरायली सम्पत्ति र हितहरू अब वैध लक्ष्य बनेका छन्। यो आक्रमणपछि कुनै ‘रेड लाइन’ बाँकी छैन, सबै सम्भावना खुला छन्।’
दुई समानान्तर द्वन्द्वको जोखिम
दोहोहाबाट प्रत्यक्ष रिपोर्टिङ गर्दै अल जजीराका संवाददाता अली हाशिमले अमेरिका–इजरायलको संयुक्त आक्रमण र त्यसको जवाफमा इरानले खाडी राष्ट्रहरूमा आक्रमण गर्नुले दुई “समानान्तर” द्वन्द्वको अवस्था सिर्जना गरेको बताएका छन्।
उनका अनुसार यसले क्षेत्रीय अस्थिरता झन् गहिरो बनाउँदै संकटलाई अत्यन्त जटिल बनाएको छ।
‘यो संकट यस्तो तरिकाले आपसमा गाँसिन सक्छ कि जसरी यस क्षेत्रले अहिलेसम्म कहिल्यै देखेको थिएन,’ उनले बताएका छन्।
मध्यपूर्वमा बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय समुदायले संयम अपनाउन आह्वान गरिरहेको छ। तर हालसम्म दुवै पक्षले आफ्नो सैन्य कारबाही जारी राखेकाले स्थिति अझ जटिल बन्ने संकेत देखिएको छ।








प्रतिक्रिया