जेनजीको प्रदर्शनमा बानेश्वरमा जे देखियो…. (तस्बिरहरू)

252
Shares

काठमाडौं । सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध र बढ्दो भ्रष्टाचारविरुद्ध जेनजीको नेतृत्वमा भएको प्रदर्शन उग्र बनेको छ । सोमबार बिहानबाट माइतिघर र तीनकुनेतर्फबाट आएका जेनजी पुस्ताका प्रदर्शनकारीले संघीय संसद भवनलाई निसाना बनाए । प्रदर्शनकारी संघीय संसद् भवनभित्र प्रवेश गरे भने उनीहरुले गेटमा आगोसमेत लगाइदिएका छन् ।

प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र रबरको गोलीसमेत चलाएको छ । अहिले पनि बानेश्वर क्षेत्रको अवस्था तनावग्रस्त रहेको छ ।

उक्त क्षेत्रमा कर्फ्यु लगाइएको छ ।