जेनजी प्रदर्शन: बानेश्वरमा प्रहरीले चलायो गोली

966
Shares

काठमाडौं । नयाँ बानेश्वरमा प्रहरीले गोली चलाएको छ । जेनजीको प्रदर्शन उग्र बन्दै गएपछि नियन्त्रणमा लिन प्रहरीले रबरको गोली चलाएको हो ।

प्रदर्शनकारीहरू संसद् भवनभित्रै प्रवेश गरेका थिए भने उनीहरुले संसद प्रवेश गर्ने गेटमा समेत तोडफोड गरेका छन् ।
प्रदर्शनकारी उग्र बनेपछि प्रहरीले अश्रुग्यास र लाठी चार्ज गरेको थियो । अवस्था नियन्त्रणमा नआएपछि प्रहरीले रवरको गोली चलाएको हो ।
यसैबीच काठमाडौं प्रशासनले बानेश्वर क्षेत्रमा कर्फ्यसमेत जारी गरेको छ ।