जेनजीको भोलिको र्‍यालीमा बालेन नजाने, नेतालाई बाठो नबन्न आग्रह

294
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सोमबार जेनजी पुस्ताले आयोजना गर्ने र्‍यालीमा आफ्नो पूर्ण समर्थन रहेको बताएका छन् ।

सामाजिक सञ्जालबाट मेयर शाहले जेनजी २८ वर्ष मूनिको उमेर समूह भएकाले आफू पनि उपस्थित हुन नसक्ने भन्दै उनले भोलिको र्‍यालीमा कुनै दलका नेता कार्यकर्ता र अभियान्तालाई आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्न उनले आग्रह गरेका छन् ।

यस्तो छ बालेनको स्टाटस

भोलीको र्‍याली स्पष्ट स्वतस्फुर्तरुपमा जेनजी को हो , उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ, जस्को लागि म पनि अझै बुढो देखिन्छु । मलाइ पनि उहाँहरूको इच्छा, उद्देश्य , सोच बुझ्नु मन छ । भोलि यो स्वतस्फुर्त र्‍यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद, बहुला, अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नु होला । म उमेर हदबन्दीको कारण जान मिल्दैन, तर उहाँहरूको कुरा बुझ्नु जरुरी छ, मेरो भरपुर समर्थन छ ।

प्रिय जेनजी भन्नुस् तपाईँहरुले कस्तो देश देख्न चाहनु हुन्छ ?