
सिड्नी । अष्ट्रेलियाको मेलबर्नमा भएको सडक दुर्घटनामा दुई नेपाली नर्सको ज्यान गएको छ ।
मेलबर्नको उत्तरी क्षेत्र क्रेगीबर्ननजिकै ह्युम हाइवेमा जन्मदिन मनाएर घर फर्कंदै गर्दा उनीहरू सवार गाडी दुर्घटनामा परेको हो।
स्थानीय प्रहरीका अनुसार, घाइते कंगारुलाई बचाउने क्रममा उनीहरूले गाडी रोकेका थिए । त्यहीबेला पछाडिबाट तीव्र गतिमा आएको अर्को गाडीले ठक्कर दिँदा दुर्घटना भएको न्यूज सेभेनले जनाएको छ ।
अलफ्रेड अस्पतालमा कार्यरत सरला खड्का र अरुजा सुवाल नामक दुई नेपाली नर्समध्ये एक जनाको घटनास्थलमै र अर्कीको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । रातिको समयमा तीव्र गतिमा गुड्ने सवारीसाधनले रोकिएका गाडी देख्न नसक्दा घटना भएको अनुमान गरिएको छ ।








प्रतिक्रिया