
काठमाडौं । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) जावलाखेल, ललितपुरले अध्ययन निर्देशकसहित १५ पदमा जागीर खुलेको छ ।
प्रतिष्ठानको पदपूर्ति समितिद्वारा शुक्रबार जारी सूचनामा वरिष्ठ अधिकृत (विशिष्ट श्रेणी) तहको अध्ययन निर्देशक, प्रथम श्रेणीका ३ अधिकृतसहित १५ पद आन्तरिक तथा खुला प्रतियोगितात्मक परीक्षामार्फत भर्ने उल्लेख गरिएको छ।
परीक्षा लिखित, प्रयोगात्मक र अन्तर्वार्ता हुने छ भने लिखित परीक्षा लोकसेवा आयोगबाट हुन् छ ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले २१ दिनभित्र दरखास्त दिन सक्ने सूचनामा जनाइएको छ ।









प्रतिक्रिया