
काठमाडौं । भक्तपुर जिल्ला अदालतले आशिका तामाङसहित दुई जनालाई पाँच दिन कैद सजाय सुनाएको छ ।
न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले तामाङ र अर्का प्रतिवादी शरण तिरूवालाई आपराधिक उपद्रव मुद्दामा दोषी ठहर गर्दै सजाय सुनाएको हो ।
सूर्यविनायक नगरपालिकाले साँगामा निर्माण गरेको झोलुङ्गे पुलमा रकम उठाउने कार्यमा अवरोध पुर्याएको र पालिकाले टाँसेको सूचना च्यातेको आरोप उनीहरूविरुद्ध लागेको थियो ।
सोही आधारमा नगरपालिकाले प्रहरीमा आपराधिक उपद्रव कसुरमा जाहेरी दिएको थियो ।
उक्त मुद्दामा अदालतले दुवैलाई पाँच-पाँच दिन कैदसहित ५ सय रुपैयाँ जरिवाना तिर्न आदेश दिएको छ ।
साथै, दामासाहीमार्फत ८ हजार ३ सय रुपैयाँ पीडितलाई क्षतिपूर्ति र पीडित राहत कोषमा जनही २०० रुपैयाँ बुझाउन पनि आदेश गरेको हो ।








प्रतिक्रिया