
काठमाडौं । जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको रिक्त महाप्रबन्धकका लागि दरखास्त आह्वान भएको छ ।
महाप्रवधन्धक नियुक्तिका लागि गठित छनोट समितिले आज सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो ।
वन तथा वातावरण मन्त्रालयले बिहीबार सार्वजनिक गरेको सूचनामा इच्छुक व्यक्तिले कम्तीमा वानस्पतिकी, औषधिशास्त्र, कृषि, व्यवस्थापन, वनव्यवस्थापन, वनविज्ञान वा अर्थशास्त्र विषयमा स्नातक तह उत्तीर्ण गरेको र सम्बन्धित क्षेत्रमा पाँच वर्षको अनुभव हासिल गरेको हुनुपर्ने उल्लेख छ ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले अबको १५ दिनभित्र दरखास्त दिन सक्नेछन् ।
दरखास्त फाराम वन तथा वातावरण मन्त्रालयको वेबसाइटबाट डाउनलोड गर्न सकिनेछ ।
निवेदन बुझाउँदा तोकिएको शुल्क बैंक खातमा जम्मा गरी रसिद संलग्न गर्नुपर्नेछ ।
दरखास्तसँगै व्यक्तिगत विवरण, शैक्षिक प्रमाणपत्र, अनुभव प्रमाणपत्र तथा कार्ययोजना पेश गर्नुपर्नेछ ।
महाप्रबन्धकको कार्यकाल ४ वर्षको रहनेछ । पदमा नियुक्त भएपछि कम्पनीको आर्थिक तथा प्राविधिक सुधार, व्यवसाय विस्तार लगायतका कामलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने मन्त्रालयले जनाएको छ।









प्रतिक्रिया