
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शाङ्घाई सहयोग संगठन शिखर सम्मेलनमा सहभागी हुन भदौ १४ गते चीनको तियानजिन जाने तय भएको छ। यो भ्रमणका प्रमुख गतिविधिहरू परराष्ट्र मन्त्रालयले आज जारी गरेको विज्ञप्तिबाट सार्वजनिक गरिएको छ।
भदौ १४ गते चीन प्रस्थान गर्ने ओली १६ गते संगठन शिखर सम्मेलनमा भाग लिनेछन् र सोही दिन विभिन्न देशका नेतासँग भेटवार्ता गर्नेछन् । १७ गते बेइजिङमा चीनका उपराष्ट्रपति हान झेङसँग औपचारिक भेट वार्ता गर्न ओलीले समय निर्धारण गरेका छन् । भदौ १८ गते स्वदेश फर्किनेछन् ।
प्रधानमन्त्री ओलीको चीन भ्रमणमा पत्नी राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, एमाले सांसद छविलाल विश्वकर्माका साथै उच्च पदस्थ सरकारी अधिकारीहरू सहभागी हुने छन्।








प्रतिक्रिया