बेष्ट फाइनान्सको सीईओमा बिएन घर्ती, ११ वर्षपछि बैंकिङमा फर्किए

5.6k
Shares



काठमाडौं । वेष्ट फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा बालिनसिंह (बिएन) घर्ती नियुक्त भएका छन् । १६ फागुन सोमबार बसेको सञ्चालक समितिको बैठकले घर्तीलाई आगामी ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट राष्ट्रिय स्तरका इजाजत पाएको बेस्ट फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएसँगै घर्ती ११ वर्षपछि बैंकिङमा फर्किएका हुन् ।

२०७० मा नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको फाइनान्स घर्तीकै परामर्शअनुसार काम गर्दै २०७३ मा समस्याग्रस्तबाट बाहिरिए आएको थियो । मध्यपुर्वमा कार्यरत गैर आवशिय नेपालीहरुको लगानी ल्याएर समस्याग्रस्तबाट बाहिरिएको फाइनान्स सिनर्जी फाइनानसँग मर्जर भएको थियो ।

करिब २६ करोड सञ्चित नोक्सानी रहेको पाइनान्सको गैर बैंकिङ सम्पत्ती २५ करोड छ । क्षेत्रीयस्तरका विकास बैंक र फाइनान्स कम्पनीहरुको मर्जर मार्फत अगाडि बढ्ने गरी घर्तीले उक्त जिम्मेवारी लिएका हुन् ।