
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले थप सार्वजनिक निष्कासन (एफपीओ) निष्कासन गरेको छ ।
कम्पनीले आजदेखि एफपीओ निष्कासन गरेको हो । प्रतिकित्ता सय रुपैयाँका दरले १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँ १ लाख ९५ हजार ७७३ कित्ता सेयर निष्कासन गरेको हो ।
यसमा फागुन २१ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा चैत ३ गतेसम्म आवेदन दिन सकिने छ । यसमा न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिने जनाएको छ ।
यसमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।
प्रतिक्रिया