नेष्डो समृद्ध लघुवित्तको लाभांश पाउन कहिलेसम्म सेयरधनी बन्ने ?

105
Shares

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

मंगलबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १४.७५ प्रतिशत लाभांश दिने प्रस्ताव र बुक क्लोजको मिति तय गरेको छ । जसमा बोनस १४.२५ र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

यो प्रस्ताव बिमा प्राधिकरणले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
कम्पनीले चैत १० गते रोयल कुश्मा रिसोर्ट, कुश्मा पर्वतमा गर्ने निर्णय गरेको छ ।

सभाका लागि कम्पनीले फागुन २८ गते बुक क्लोज गर्ने भएको छ । फागुन २७ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिने पाउनेछन् भने लाभांश पनि पाउनेछन् ।