महालक्ष्मी विकास बैंकद्धारा बचत मै मुद्धती सरह ब्याज पाइने रिकरिङ्ग बचत खाता सञ्चालन


काठमाडौं । महालक्ष्मी विकास बैंकले मुद्धत्ती सरहको ब्याज पाइने महालक्ष्मी बाल बचत रिकरिङ्ग डिपोजिट एकाउण्ट सञ्चालनमा ल्याएको छ ।

यो खाता अन्तर्गत बचतकर्ताले १ वर्षदेखी १० वर्षसम्म मासिक वा त्रैमासिक रुपमा निश्चित रकम निरन्तर रुपमा बचत गर्न सक्नेछन् । एक वर्षको व्यक्तिगत मुद्धत्ती बराबरकै ब्याजको लाभ लिन सक्नेछन । अभिभावकद्धारा सञ्चालन गर्न सकिने खातामा अवधी समाप्ती पश्चात एक मुष्ट रकम प्राप्त गर्न सकिनेछ ।

मुद्धत्ती खाता जस्तो धेरै रकम पनि नचाहिने, ५०० रुपैयाँबाट समेत शुरुवात गर्न सकिने छ । यसमा ब्याज आकर्षक पाइने छ । भोलिको दिनमा एकमुष्ट प्राप्त हुने रकमबाट आफ्नो बालबालिकाहरुको शिक्षा दिक्षा तथा अन्य वित्तीय आवाश्यकताहरुको परिपूर्ति गर्न सहज हुने बैंकले जनाएको छ । महालक्ष्मी बाल बचत रिकरिङ्ग डिपोजिट खाता ग्राहकहरुको लागि एक उत्तम खाता हुन सक्ने विश्वास बैंकले लिएको जनाएको छ ।

बैंकले हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको निति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको छ ।