सहकारी ठगीमा जोडिएपछि रवि लक्षित धनराजको टिप्पणी: प्रमाण लुकाउन म गृहमन्त्री होइन, तत्काल छानबिन गर्नू



काठमाडौं । मितेरी बचत तथा ऋण सहकारी ठगी प्रकरणमा मुछिएका नेपाली कांग्रेसका उपसभापति तथा पूर्वकानूनमन्त्री धनराज गुरुङले आफूमाथि तत्काल छानबिन गर्न माग गरेका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा गुरुङले आफूमाथी छानबिन गर्न माग गर्न माग गरेका हुन् ।

उनले सहकारी ठगी प्रकरणमा जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने प्रतिलक्षित गर्दै आफू सहकारी ठगीमा जोडिए पनि सूचना लुकाउन गृहमन्त्री पदमा नरहेको भन्दै तत्काल छानबिन गर्न माग गरे ।

‘संसदीय छानबिन समिति बनाउने हो भने पनि म तयार छु । मेरा लागि यो सूवर्ण अवसर हुनेछ’ उनले भने ‘तथापि म प्रमाण लुकाउन सक्ने गृहमन्त्री जस्तो जिम्मेवारी पदमा छैन।’

उनले आफ्नो बारेमा लागेका आरोपको सत्यतथ्य छानबिन गर्न पटक पटक आग्रह गरे । सरकारले गठन गरेको सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले प्रतिवेदन बनाउने काम अन्तिम समयमा पुगेको बेला विषय अन्तै मोडन यो घटना रचिएको उनको गुरुङको दाबी छ ।

गुरुङले सहकारीका अध्यक्ष, प्रबन्ध निर्देशक, सञ्चालक कसकसलाई छानबिन गर्ने हो तुरुन्तै गर्न माग गरे ।

उनले २०७६ फागुन २९ गते श्रीमती ज्योती गुरुङसँग सम्बन्ध बिच्छेद भएको बताए । सोमबार संसदमा एक जना सांसदले आफ्नो सम्बन्धबिच्छेद नक्कली भएको भन्दै भाषण गरेको स्मरण गराउँदै नक्कली हो भने प्रमाणीत गर्न उनले चुनौती दिए ।
सम्बन्धबिच्छेद भएपछि पूर्व श्रीमतीसँग सम्पर्क नरहेको उनको दाबी छ।


क्लिकमान्डु