गुडविल फाइनान्सले ग्राहकको घरमै पुगेर बैंकिङ सेवा दिइरहेको छः सरोजकाजी तुलाधर



विश्वभर महामारीकोरुपमा फैलिएको कोभिड-१९ (कोरोना भाइरस) का कारणले धेरै ठुलो नकारात्मक असर गरिरहेको छ । नेपाल लगायतका संक्रमित देशहरुमा भएको लक डाउनले त्यहाँको मानवीय र अर्थ व्यवस्थामा ठुलो प्रभाव पारेको छ ।

अहिलेको अवस्थामा पहिलो प्राथमिकता भनेको कोभिड-१९ का बिरामीहरु पत्ता लगाएर उनीहरुको उपचार गर्नु हो । संक्रमित भइसकेकोबाट अर्को स्वास्थ्य मानिसमा फैलिन नदिने काम गर्नु अत्यन्तै जरुरी छ । पहिले जिवन रक्षा गर्न सक्नुपर्छ । त्यसपछि मानिस बाचेपछि अर्थतन्त्र जोगाउनेतिर कदम चाल्नुपर्छ ।

नेपाल लक डाउनको अवधिमा नै संक्रमणको परिक्षण सबैको गरिसक्नु पर्छ । लकडाउन खुलेपछि परिक्षण हुन नसकेको संत्रमितले समाजमा तिव्ररुपमा संक्रमण फैलाउँछन् । अहिले जुन रेसियोमा परिक्षणहरु भइरहका छन् । त्यसलाई अझ तिव्रता दिएर लक डाउन अवधिमा नै सम्पुर्ण नेपालीको कोरोना परिक्षण भइसक्नु पर्छ ।

लकडाउन खोल्नु पर्छ भन्ने विषयमा चर्चा बढिरहेको छ । लक डाउनले पारेको असरलाई हेर्दा त्यसमा केही हदसम्म लकडाउन खुल्ला गर्न आवश्यक नै छ । तर आजसम्म लकडाउनको अवधिभर गरिएका परिक्षण धेरै कम हो । यो अवधिमा हुनुपर्ने सम्पुर्ण परिक्षण भइसकेको भए नेपाल संक्रमणको कुन अवस्थामा छ भन्ने थाहा हुन्थ्यो ।

संक्रमितको संख्या दिनहूँ बढ्ने क्रम जारी नै छ । यस्तो अवस्थामा लक डाउन खुलाउने हो भने संक्रमण बढ्न नदिनको लागि के गर्ने त्यो पनि गर्नु पर्छ । आर्थिक गतिविधिलाई बढाउनको लागि डक डाउन खुल्ला त गर्न पर्छ ।

तर आर्थिक गतिविधि चलायमान बनाउनु पर्छ भन्दैमा सामाजिक दुरी नै कायम नगर्ने गरेर भोलि नेपालमा पनि जापानमा जस्तो संक्रमण बढ्ने अवस्था आउन दिनु हुँदैन । महमारीको अवस्था आएमा त्यसको रोकथाम गर्न त्यही अनुसारको हस्पिटल सर्भिस र क्षमता नेपालमा छैन ।

अहिलेको असहज परिस्थीतिमा हामीले आ-आफ्नो तबरबाट सकेको गर्नुपर्छ । लकडाउन खुलाएर व्यापार व्यवसाय पुनः सञ्चालन गर्न दिनु पर्छ भन्नु भन्दा पनि सरकारले संक्रमण नियन्त्रण गर्न के गरिरहेको त्यसलाई सहज बनाउन सहयोग गर्नुपर्छ ।
सरकारले अत्यावश्यक सेवा अतर्गत भनेर लक डाउनमा पनि बैंक वित्त संस्थाहरु खुलाउनु भनेको छ । जनतालाई लक डाउन भए पनि खाद्यन्न तथा अन्य अत्यावश्यक सामानहरु खरिद गर्न पैसाको आवश्यक त पर्छ । तर उनीहरु लक डाउनमा बैंक वित्तीय संस्थासम्म आइपुग्न सहज हुँदैन ।

बैंक वित्त संस्थाका सबै ग्राहकहरु डिजिटल बैंकिङ र कार्ड प्रयोगकर्ता हुदैनन् । केही काउण्टरमा नै आएर पैसाको कारोबार गर्ने हुन्छन् वा कार्ड प्रयोगकर्ताको नजिकमा एटिएम बुथ नहुन पनि सक्छ । यो अवस्थामा हाम्रो जिम्मेवारी हो उनीहरुको असहजतालाई सहजिकरण गरिदिने ।

बैंक वा एटीएममा पैसा झिक्न जाँदा नै धेरै लक डाउन उल्घंन गरेको भनेर प्रहरी प्रशासनको कारवाहीमा परेका छन् । अहिले बैंकिङ कारोबारमा रकम झिक्ने र जम्मा गर्ने देखि बाहेक अन्य कारोबारहरु भएका छैनन् । ग्राहकलाई उनीहरुको आवश्यकता अनुसार बैंकिङ सेवा घरमा नै पनि गएर दिन सक्नुपर्छ । लकडाउनमा बैंक वित्त संस्थालाई सवारी पास दिएको छ । त्यसको सदुपयोग भनेको कार्यलय आउन जानको लागि मात्र नभएर आवश्यक पर्दा ग्राहको घरमा नै पुगेर बैंकिङ सेवा दिन पनि प्रयोग गर्नुपर्छ ।

लकडाउन भएको १ महिनाभन्दा धेरै भइसकेको छ । ग्राहकहरुसँग भएको पैसा सकेको हुन्छ । सबै ग्राहक पैसाको कारोबार गर्न बैंकमा नै वा एटीएममा नै पुग्न नसक्ने अवस्था देखेर हामीले दोस्रो चरणको लकडाउनपछि बैंकिङ सेवा ग्राहकको घरमा नै पुर्याइरहको छौं । जसले गर्दा आवश्यक पर्दा पैसाको आवश्यकताले गर्दा नै घर बाहिर निस्किनु पर्ने अवस्था आउँदैन ।

गुडविल फाइनान्सका ग्राहकले ल डाउनमा पैसा आवश्यक भएर लकडाउन उल्लघन गर्नु पर्ने अवस्था सिर्जना नहोस भनेर सञ्चार माध्यमहरुबाट सुचना नै जारी गरेर बैंकिङ सेवा घरमा नै पुर्याउन थालेका छौं । यदि कुनैपनि ग्राहकलाई पैसाको आवश्यकता पर्छ भने हाम्रो वेवसाइटमा राखिएका कर्मचारीका नम्बरमा फोन गर्छन् । उनीहरुले माग अनुसारको सेवा कर्मचारीले घरमा नै पुर्याउछन् ।

ग्राहकले फोन गरेर पैसा माग्ने मात्र नभएर जम्मा भएको पैसा पनि डिपोजिट गर्न गरिरहका छन् । आवश्यक प्रक्रिया पुरा गरेर उनीहरुलाई सेवा दिइरहेका छौं । कतिपय संघ–सस्थाहरुलाई आफ्नो कर्मचारीहरुलाई तलब खुबाउन सहयोग गरिरहका छौं । सवारी पास नभएका संघ सस्थाहरुले अनुरोध गरेपछि हामी आफै उनीहरु कहाँ पुगेर चेक र कर्मचारीको खाता नम्बर सहितको तलबको सुची ल्याएर आइपीएस कनेट गरेर उनीहरुको खातामा ट्रान्फर पनि गरिरहका छौं ।

काठमाडौं उपत्यकामा ६ वटा र नेपाल अधिराज्यभर गरेर हाम्रो १६ शाखा कार्यलयहरु छन् । ती सबै शाखा कार्यलयबाट यस्तो प्रकारको सेवा ग्राहकले पाइरहेको छन् ।

ग्राहकलाई सहज होस् भनेर हामीले यस प्रकारको सेवा दिएका हौं । यसरी सेवा ग्राहकको घरमा नै पुर्याउँदा बैंकमा हुने भिडभाडको कारणले हुनसक्ने संक्रमणको जोखिम कम हुन्छ । ग्राकहहरुमा पनि बैंकले अप्ठ्यारो यसरी सहयोग गर्ने रहेछ भनेर सन्देश जान्छ ।

बैंकका कर्मचारी त कार्यलय खोल्न भएपनि घर बाहिर त निस्किनु नै पर्छ । कर्मचारीमात्र बाहिर निस्किएर समस्याको समाधान हुन्छ भने ग्राहकलाई संक्रमणको जोखिमबाट बचाउने काम हाम्रो तर्फबाट गर्नु आवश्यक छ । सोही काम हामीले गरिहेका छौं ।
अरुको पैसा, नासो बोकेर व्यवसाय गरेका बैंक वित्तीय संस्था उनीहरुलाई उनीहरुलाई आवश्यक पर्दा सहयोग गर्नु हाम्रो धर्म र कर्तव्य हो । मन भएसम्म यस्तो प्रकारको सेवा अरु बैंक वित्तीय संस्थाहरुले पनि दिन सक्छन् ।

आवश्यक परे बैंकमा नै आइहाल्छन् भनेर काउण्टर कुरेर बस्नु मात्र लक डाउनमा पनि सेवा दिएको भन्न मिल्दैन् । बैंकसम्म ग्राहक कसरी आउछन् ? उनीहरुले बैंकसम्म आइपुग्दा कति बाधा अवरोधहरु पार गर्नुपर्छ, त्यो पाटोलाई पनि बुझेर बैंकिङ सेवामा सहजिकरण गर्ने हाम्रो जिम्मेवारी हो ।

बैंकलाई विश्वास गरेर पैसा जम्मा गर्न ग्राहकलाई समस्या पर्दा बैंकले सहयोग गरेर त्यो विश्वासलाई अझ दरिलो बनाउन सकिन्छ । आज हामीले बैंक वित्त संस्थामाथि ग्राहकको विस्वासलाई दरिलो बनाउन सक्यौं भने त्यो विस्वासको प्रतिफल पछि रहन्छ ।

यो भुमरीबाट बाहिर निस्किनको लागि सबैले आफ्नो क्षेत्रबाट सक्दो प्रयास गर्नुपर्छ । लक डाउनले सबै क्षेत्रलाई प्रभाव पारेको छ । त्यसैले अब बिस्तार मिल्ने क्षेत्रहरु खुलाउनु पर्छ । लकडाउन बिस्तारै खुकुलो भएपछि अहिले ठप्पै भएको हाम्रो अर्थतन्त्रले बिस्तारै आफ्नो ठाँउमा आउँछ ।

नेपालले भुकम्प, नाकाबन्दी र महिना दिनसम्मकमे नेपालबन्दको पनि सामाना गरेर आएको हो । त्यस कारण अहिले अवस्थासम्म आत्तिहाल्नु पर्न छैन । तर लकडाउनको अवधि कत्तिसम्म रहन्छ, त्यसमा भरपर्छ ।

लकडाउन अझ एक महिना बढी थपिन्दै गयो भने त्यसले नराम्रोसँग असर पुर्याउछ । दिनहूँ कमाएर खर्च गर्ने समुदायलाई अहिलेबाटै नै समस्यामा परिरहेका छन् । उनीहरुलाई कसरी हुन्छ व्यवस्थापन गर्न काम सरकारले गर्नुपर्छ । उनीहरुलाई राहत दिन सक्यौं भने संक्रमणबाट बाहिर निस्कनको लागि अन्य कामहरु गर्न सजिलो हुन्छ ।

संक्रमणको कारणले परेको असरमा सरकारले दिने सहुलियतमा भने अध्ययान गरेर मात्र सहुलियतका प्याकेजहरु दिनुपर्छ । अहिले सबैभन्दा धेरै समस्यामा परेका क्षेत्र भनेको पर्यटन, होटल, टुरिजम, मनोरञ्जन, हवाइ उड्यान लगायतका क्षेत्रसँग सम्बन्धीतमा धेरै ठुलो असर परेको छ । संक्रमणबाट बाहिर निस्किएर पनि सामाजिक दुरी कायम गरेर मात्र कामहरु गर्नु पर्ने हुन्छ । यसरी सामाजिक दुरी कामय गरेर कारोबार गर्दा यी क्षेत्रका कारोबारहरु धेरै प्रभावित हुन्छन् ।

ती क्षेत्रहरुमा परको असरलाई अध्ययान गरेर उनीहरुलाई कस्तो सहुलियतका प्याकेज दिनुपर्छ । सहुलियत दिदाँ सबै क्षेत्रलाई समान तबरले दिनु भन्दा उनीहरुले गत वर्ष सरकारलाई तिरेका कर बुझाएको ब्यालेन्ससिटको आधारमा दिनुपर्छ । कर बुझाएको आधारमा लक लडाउनले गर्दा कति नोक्सानी भयो भन्ने थाहा हुन्छ र सोही अनुसारको राहत प्याकेज दिनु उपयुक्त हुन्छ । (कुराकानीमा आधारित)


पुष्प दुलाल