बढुवा भएका राष्ट्र बैंकका कार्यकारी निर्देशकहरुले पाए जिम्मेवारी, कुन विभाग कसलाई ?

2.2k
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकमा कार्यकारी निर्देशक (अधिकृत विशिष्ठ) मा बढुवा भएको ३ जनाको पदस्थापन भएको छ । कार्यकारी निर्देशकमा बढुवा भएका ३ जनाको जिम्मेवारी तोकिएको हो ।

बैंक तथा वित्तीय संस्था नियमन विभागको निर्देशकमा कार्यरत रहेका डा. रामशरण खरेलले कार्यकारी निर्देशकमा बढुवा भएसँगै जनशक्ति व्यवस्थापन विभागको जिम्मेवारी पाएका छन् । उक्त विभागको प्रमुख रहेका तुलसी प्रसाद घिमिरे सूचना प्रविधि विभागमा सरुवा भएका छन् ।

यस्तै सम्पत्ती तथा सेवा व्यवस्थापन विभागमा कायम मुकायम कार्यकारी निर्देशक रहेका रोशन कुमार सिग्देल बढुवा भएसँगै सोही विभाग प्रमुखको जिम्मेवारी पाएका छन् । यस्तै गैर बैंकिङ वित्तीय संस्था सुपरिवेक्षण विभागमा कामु कार्यकारी निर्देशकको रुपमा कार्यरत रहेका चेत प्रसाद उप्रेतीले पनि बढुवा भएसँगै सोही विभागमा विभागीय प्रमुखको जिम्मेवारी पाएका छन् ।