
काठमाडौं । अर्थमन्त्री डा. स्वार्णिम वाग्लेले गत वर्ष तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले ७३ वटा त्रुटि सञ्चाएको बताएका छन् । प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री वाग्लेले आफूले भने जम्मा ५ वटा मात्रै सञ्चाएको दाबी गरेका हुन् ।
उनले भने, ‘सांसदहरुको हातमा परेको आर्थिक विधेयक त्रुटिरहित बनाउन सच्चाइएको हो ।’
उनले बजेटमा बोलेको विषय आर्थिक विधेयकमा छुटेकोले सच्चाउनुपरेको, ईभीमा अन्तःशुल्क तिरिसकेकालाई स्वस्च्छ पूर्वाधार कर नलिने व्यवस्था गरिएको बताए । अर्थमन्त्री रातिराति बसेको छेडाखानी गरेको, करको दर चलाएको र १६ पेज गायब गरेको भनेर आएको विषय अफवाह मात्रै भएको पनि उनले बताए ।
उनले भने, ‘२ रुपैयाँ तलमाथि गरेको भएपनि संसद पद र सार्वजनिक पद नै त्याग गर्ने घोषणा सार्वजनिक लेखा समितिमा गरेको थिएँ । संसदमा पनि आएर यही विषय दोहोर्याएर भनें । यत्तिको आँट मलाई आरोप लगाउने माननीयलाई पनि होस् ।’









प्रतिक्रिया