दीपेन्द्र अग्रवाल ४९ लाख धरौटी बुझाएर रिहा


काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले दीपेन्द्र अग्रवाललाई धरौटी जमानतमा छाडेको छ ।

अग्रवाल ४९ लाख १९ हजार ८६५ रुपैयाँ धरौटी जमानत बुझाएर छुटेका हुन्।

आइतबार अग्रवाललाई धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको थियो । धरौटी माग भएको बराबरको रकम र प्रक्रिया पूरा गरेर अग्रवाल रिहा भएको यूरोका प्रवक्ता शिव कुमार श्रेष्ठले जानकारी दिए ।

‘जिल्ला अदालत काठमाडौंको अनुमति अनुसार अग्रवालसँग धरौटी लिएर छाडेको हो,’ उनले भने । उनका अनुसार धरौटी बुझाएर छुटे पनि अनुसन्धान भने जारी रहनेछ ।

सीआईबीले उनलाई पुस ४ गते पक्राउ गरेको थियो । उनीविरूद्ध नेपाल धितोपत्र बोर्डले उजुरी गरेपछि सीआइबीले उनलाई पक्राउ गरेको थियो ।

Skip This