
काठमाडौं ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले दीपेन्द्र अग्रवाललाई धरौटी जमानत लिएर छाडेको छ । अग्रवाल ४९ लाख १९ हजार ८६५ रुपैयाँ धरौटी जमानत बुझाएर छुटेका हुन् ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अग्रवालसँग उक्त धरौटी जमानत लिएर छाडेको ब्यूरोका प्रवक्ता शिव कुमार श्रेष्ठले जानकारी दिए ।
अग्रवाललाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ को व्यवस्था अनुसार सीआईबीले नै जमानत लिएर छाडेको हो । ‘जिल्ला अदालत काठमाडौंको अनुमति अनुसार अग्रवालसँग धरौटी लिएर छाडेको हो,’ उनले भने । उनका अनुसार धरौटी बुझाएर छुटे पनि अनुसन्धान भने जारी रहनेछ ।
सीआईबीले अग्रवाललाई पुस ४ गते पक्राउ गरेको थियो । उनीविरूद्ध नेपाल धितोपत्र बोर्डले उजुरी गरेपछि सीआइबीले उनलाई पक्राउ गरेको थियो ।








प्रतिक्रिया