
काठमाडौं । सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।
काठमाडौं जिल्ला अदालतले अग्रवाललाई आइतबार धरौटीमा छाड्न आदेश दिएको हो । उनी धरौटी बुझाएर प्रक्रिया पुर्याएपछि छुट्नेछन् ।
अग्रवाललाई १० दिनअघि काठमाडौंको चुनदेवी क्षेत्रबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)को टोलीले नेपाल धितोपत्र बोर्डको सिफारिसअनुसार विभिन्न कम्पनीको सेयरको भित्री कारोबारमा संलग्नताको आरोपमा पक्राउ गरेको थियो।
अग्रवालमाथि झुटो कारोबार गरेर मूल्य प्रभावित गरेको अभियोग छ । नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन अनुसार अग्रवालले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर खरिद गरी धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९७ (ग) बमोजिम झुक्याउने विवरण दिने भ्रामक सूचना सार्वजनिक गरेका थिए । उनले उक्त भ्रामक सूचना प्रवाह गरेर उच्च मूल्यमा सेयर विक्री गरी करिब ४९ लाख १९ हजार ८६५ रुपैयाँ कानून विपरीत नाफा आर्जन गरेको अनुसन्धानमा भेटिएको छ ।








प्रतिक्रिया