
काठमाडौं । रूपन्देही–३ मा हुने उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालले आफ्ना उम्मेदवारको नाम सार्वजनिक गरेको छ।
कमल थापाको नेतृत्वमा रहेको राप्रपा नेपालले अर्जुन थापालाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुँदैछ । राप्रपा सांसद दीपक बोहोराको निधनपछि रिक्त भएको यस क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।
यसैबीच, रास्वपाले डा लेखजंग थापालाई उम्मेदवार बनाइसकेको छ ।








प्रतिक्रिया