कैलालीमा खुटिया नदीमा डुबेर चार किशोरको मृत्यु

189
Shares

फाइल तस्बिर

कैलाली । कैलालीको गोदावरी नगरपालिका–९, सहरी झोलुङ्गे पुल नजिक खुटिया खोलामा नुहाउने क्रममा चार किशोरको डुबेर ज्यान गएको छ ।

बिहीबार दिउँसो करिब २ बजेतिर सात जनाको समूह नुहाउन गएका मध्ये चार जना डुबेका हुन् । इलाका प्रहरी कार्यालय मालाखेतीकाका अनुसार घटनास्थलमा तत्कालै उद्धार प्रयास भए पनि चार जनाको ज्यान गएको पुष्टि भएको छ ।

घटनापछि प्रहरीले स्थानीयको सहयोगमा शव निकालेर आवश्यक प्रक्रिया अघि बढाएको छ ।