
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य डा.अरनिको पाँडेलाई म्याद थपका लागि अदालतमा पेश गरिएको छ ।
साइबर ब्यूरोले पाँडेलाई बुधबार साँझ पक्राउ गरेको थियो ।
सुरुमा उनलाई सरकारी वकिल कार्यालयमा पेश गरेपछि अदालत लगिएको हो ।
एक महिलाले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो।
वातावरणविद् पाँडे २०७९ साल भदौमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए। उनले रास्वपा सरकारको कार्यकालमा २०८० सालमा राष्ट्रिय योजना आयोगको सदस्य पदसमेत सम्हालेका थिए।








प्रतिक्रिया