रूबी साह हत्या प्रकरण: आफैंलाई आगो लगाएका प्रेमी पासवानको मृत्यु

12k
Shares

काठमाडौं । २६ वर्षीया रूबीकुमारी साहको हत्या मामिलाका आरोपी लक्ष्मण पासवानको मृत्यु भएको छ ।

बुधबार बिहान रौतहट प्रहरीले पासवानलाई शरीरमा आगो लगाइएको अवस्थामा फेला पारी कीर्तिपुर बर्न अस्पतालमा उपचारका लागि पठाएको थियो । तर उपचारको क्रममा अपराह्न उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

रौतहटको माधवनारायण नगरपालिका-६ माधवपुर बिसुनपरवा–मानपुर सडक खण्डमा पासवान जलेको अवस्थामा भेटिएका थिए । उनले पेट्रोल छर्किएर आफ्नै शरीरमा आगो लगाएका थिए । पासवानले रूबीकुमारीको हत्या आफूले गरेको भिडियोमा स्वीकार गरेका थिए । शरीरका विभिन्न भाग जले पनि उनी बुधबार बिहानसम्म बोल्न सक्ने अवस्थामा थिए।

गत शनिबार राति साढे ९ बजे गौर नगरपालिका-९ मुडवलबा गेट नजिक सडक किनारमा शंकास्पद सुटकेश फेला परेको थियो । भोलिपल्ट सुटकेश खोलेर हेर्दा रूबीकुमारी साहको शव फेला परेको थियो ।