रविको मुद्दा न्यायाधीश विष्टको इजलासमा पेसी

672
Shares

काठमाडौं । सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको पक्षमा दायर गरिएको रिट उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा पेशी तोकिएको छ।

न्यायाधीश सागर बिष्टको इजलासमा आज उक्त मुद्दाको सुनुवाइ हुने भएको हो ।

लामिछानेका पक्षमा उनकी पत्नी निकिता पौडेलले रिट दायर गरेकी थिइन् । उनले बिगो बराबरको बैंक जमानत बुझाएर रिहा गर्नुपर्ने माग गर्दै यसअघि जिल्ला अदालत रुपन्देहीमा पनि रिट दायर गरेकी थिइन् । तर, रुपन्देही अदालतले उक्त माग अस्वीकार गर्दै रिट खारेज गरेको थियो ।

रुपन्देही अदालतमा माग अस्वीकृत भएपछि निकिता उच्च अदालत पुगेकी हुन् ।