
काठमाडौं । आगामी चैत २४ गतेदेखि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिँदै छ । अधिकारीको कार्यकाल सकिन लागेसँगै केन्द्रीय बैंकको नेतृत्वका लागि सरकारले नयाँ गभर्नर चुन्दै छ ।
पूर्वबैंकर भुवन दाहाल देशको वर्तमान आर्थिक स्थितिलाई बुझेर उच्च गतिको आर्थिक वृद्धिमा सघाउने, अर्थशास्त्र बुझेको र उच्च नैतिक चरित्र भएको व्यक्तिलाई गभर्नर नियुक्त गर्नुपर्ने बताउँछन् । हेरौं भिडियो:
प्रतिक्रिया