एनआईसी एशिया बैंकको ५ अर्बको अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पारित

308
Shares

काठमाडौं । एनआईसी एशिया बैंकको २७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सभाले प्रतिकित्ता १०० रुपैयाँका दरले ५ अर्बको एनआईसी एशिया अविमोच्य असञ्चिति अग्राधिकार जारी गर्ने प्रस्ताव पारित गरेको छ ।

सम्पन्न सभाले आर्थिक वर्ष २०८०/०८१ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरु उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा समसामयिक संशोधन तथा थप गर्ने प्रस्ताव समेत पारित गरेको छ ।