एमबीएल इक्विटी फण्डमा आवेदन खुल्यो

126
Shares


काठमाडौं । एमबीएल इक्विटी फण्डले १ अर्ब २० करोड रुपैयाँबराबरको फण्डका लागि आजदेखि आवेदन खुलाएको छ ।

माछापुच्छ्रे बैंक लिमिटेड कोष प्रवद्र्धक माछापुच्छ्रे क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको एमबीएल इक्विटी फण्डमा आवेदन सेयरको आवेदन खुलेको हो ।

यसका १२ करोड इकाई मध्ये १ करोड २० लाख इकाई (१ अर्ब २० करोड रुपैयाँ आकार) को १२ वर्षे योजनाको बन्दमुखी योजनामा बिहीबारबाट सेयरको बिक्री खुल्ला भएको हो ।

अंकित मूल्य १० रुपैयाँ बराबरको यस फन्डमा अनलाईन प्रणाली मेरो शेयर मार्फत आवेदन दिन सकिने माछापुच्छ्रे क्यापिटलले जानकारी दिएको छ ।

यसको सेयर आवेदन दिन न्यूनतम १ सय कित्ता तथा अधिक १ करोड २० लाख कित्ता आवेदन दिन सकिने छ । छिटोमा २६ फागुन २०८१ र ढिलोमा ७ चैत २०८१ भित्र आवेदन दिइसक्नुपर्नेछ ।