
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ ।
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १४.६२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस १३.८९ प्रतिशत र कर प्रयोजनका लागि ०.७३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

प्रतिक्रिया