यी हुन् एनआईसी एशिया बैंकका ठूला २५ सेयरधनी, कसको कति ?

2.4k
Shares

काठमाडौं । एनआईसी एशिया बैंकमा विभिन्न २५ व्यक्ति तथा कम्पनी ठूला सेयरधनीको रुपमा रहेका छन् ।
बैंकको सबैभन्दा ठूला सेयधरनीमा अशोक कुमार अग्रवाल रहेका छन् । बैंकमा उनको स्वामित्व ६.१२ प्रतिशत सेयर स्वामित्व छ ।

यस्तै बैंकमा त्रिलोक चन्द अग्रवालको ५.३४ प्रतिशत, रामचन्द्र संघईको ४.४१ प्रतिशत, सुभाष चन्द्र संघईको ४.३७ प्रतिशत, लोकमान्य गोल्छाको ३.१० प्रतिशत, अनुज अग्रवालको २.८६ प्रतिशत, जयश्री गोल्छाको २.७४ प्रतिशत, जगदिश प्रसाद अग्रवालको २.५३ प्रतिशत, विरेन्द्र कुमार संघईको २.०१ प्रतिशत सेयर स्वामित्व छ ।

यस्तै अक्षय गोल्याणको १.९४ प्रतिशत, तुलसीराम अग्रवालको १.७८ प्रतिशत, मञ्जु अग्रवालको १.७८ प्रतिशत, संचित अग्रवाल १.७८ प्रतिशत, निकुञ्ज अग्रवाल १.७६ प्रतिशत, गोविन्द लाल संघई १.६१ प्रतिशत, नेपाल लाइफ इन्स्योरेन्स १.१० प्रतिशत सेयर स्वामित्व छ ।

यस्तै बासुदेव गोल्यान ०.९८ प्रतिशत, उषा अग्रवाल ०.९६ प्रतिशत, निर्मल कुमार अग्रवाल ०.९१ प्रतिशत, कविता संघई ०.८५ प्रतिशत, अर्पित अग्रवाल ०.७७ प्रतिशत, प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट ०.७० प्रतिशत, शक्ति कुमार गोल्यान ०.६२ प्रतिशत, अनन्त कुमार गोल्यान ०.६१ प्रतिशत र विशाल अग्रवालको ०.५४ प्रतिशत सेयर स्वामित्व छ ।