एनआईसी एशिया बैंकका सीईओको तलब भत्ता साढे ३ करोड

1.3k
Shares

काठमाडौं । एनआईसी एशिया बैंकले गत आर्थिक वर्षमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई ३ करोड ५५ लाख ८७ हजार १९१ रुपैयाँ तलब भत्ता बापत भुक्तानी गरेको छ ।

बैंकले सीईओलाई तलब भत्ता बापत बार्षिक २ करोड ८८ लाख ९४ हजार ६३५ रुपैयाँ भुक्तानी गरेको छ ।

यस्तै कर्मचारी बोनस बापत ६४ लाख ५६ हजार ५८३ रुपैयाँ, अन्य रकम ९१ हजार ५०० र अन्य सुविधा बापत १ लाख ४४ हजार ४७३ रुपैयाँ भुक्तानी गरेको छ ।

बैंकबाट सीईओले पाएको तलब भत्ता बापत राज्यलाई ३९ प्रतिशतसम्म कर तिरेका छन् । बैंकमा हाल रोशन कुमार न्यौपाने सीईओ रहेका छन् ।