एनआईसी एशिया बैंकका सञ्चालकको भत्ता साढे ६८ लाख बढी

266
Shares


काठमाडौं । एनआईसी एशिया बैंकका सञ्चालकले गत आर्थिक वर्षमा ६८ लाख ६० हजार रुपैयाँ भत्ता लिएका बुुझेका छन् ।

गत आवमा अध्यक्ष तुलसीराम अग्रवालले ११ लाख ९९ हजार, सञ्चालक त्रिलोक चन्द अग्रवालले ९ लाख २४ हजार, रामचन्द्र संघईले ७ लाख ९२ हजार, विजया स्वारले १० लाख ७१ हजार, गणेशमान श्रेष्ठले १० लाख ७१ हजार, आदित्य कुमार अग्रवालले ८ लाख ९४ हजार र केशव प्रसाद लम्सालले १० लाख १७ हजार रुपैयाँ भत्ता लिएका छन् ।

बैंकले सञ्चालक समितिका अध्यक्षलाई २५ हजार र सञ्चालकलाई २१ हजार रुपैयाँ भत्ता दिँदै आएको छ । यो पटक बैंकले सेयरधनीलाई लाभांश नदिने भएको छ ।