
काठमाडौं । नेपाल बैंकर्स संघले पूर्ण बैठक बाेलाएकाे छ । संघले लामाे समयपछि पूर्ण बैठक बाेलाएकाे हाे ।
निरन्तर बढ्दै गएकाे निष्कृय कर्जा र दवाबपुर्ण सम्पत्ति व्यवस्थापन, कर्जा नाेक्सानी व्यवस्था लगायतका विषयमा छलफल हुने एक सीईओले बताए । यस्तै बैंकिङ क्षेत्रमा श्रम ऐन आकर्षित नहुने र र बैंकिङ क्षेत्रका कमर्चारी सामाजिक सुरक्षा काेषमा आवद्ध हुन नुपर्ने भन्ने सर्वाेच्च अदालतले दिएकाे आदेश र आगामी दिनमा कसरी अगाडि बढ्ने भनी छलफल हुने बैंकर्स संघले जनाएकाे छ।
सर्वाेच्च अदालतले स्वावलम्बन लघुवित्तले श्रम अदालत र उच्च अदालतकाे फैसला विरूद्ध सर्वाेच्च अदालतमा दायर गरेकाे रिटमा पूर्ण इजलासले विशेष ऐन अन्तर्गत स्थापना भएकाे संस्थाहरुमा श्रम ऐनकाे व्यवस्था आकर्षित नहुने भन्दै यसअघि सर्वाेच्चकाे संयुक्त इजलासकाे आदेश समेत खारेज गरेकाे थियाे ।
साेही विययमा छलफल गरि कसरी अगाडि बढ्ने भनेर छलफल गरन् लागिएकाे बैंकर्स संघले जनाएकाे छ । यस्तै नेपाल बैंकिङ इन्टिच्युटबाट एउटा प्रस्तुतिकरण पनि रहेकाेले पूर्ण बैठक बाेलाएकाे बैंकर्स संघले उल्लेख गरेकाे छ ।
अब हरेक ३ महिनामा संघकाे पुर्ण बैठक बस्नेछ ।
प्रतिक्रिया