कुमारी बैंकका ग्राहकलाई टेस्ला डायग्नोस्टिक क्लिनिकमा छुट

49
Shares

काठमाडौं । कुमारी बैंक लिमिटेड र बालुवाटार, काठमाडौं स्थित टेस्ला डायग्नोस्टिक क्लिनिक प्रा.लि. बिच कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुलाई सो क्लिनिकबाट प्रदान गरिने विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।

यस सम्झौता बमोजिम क्लिनिकबाट प्रदान गरिंदै आएका सेवाहरुमा ग्राहकहरूलाई प्यथोलोजी टेस्टमा १०%, एमआरआई, एक्स रे, मामोग्राम, अल्ट्रासोनोग्राफी, यूएसजी कलर डोप्पलर, बोन मिनिरल डेनिसिटी टेस्ट, डेन्टल अर्थोपान्टोमोग्राम एन्ड कोन बिम कम्प्युटेड टोमोग्राफी , इको कार्डियोग्राफी, इलेक्ट्रो कार्डियोग्राममा ५% तथा फार्मेसीमा ५% देखि १०% सम्मको छुट दिने सम्बन्धमा सम्झौता भएको छ ।

विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले अनवरतरुपमा वित्तिय साक्षरता प्रवर्द्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

Skip This