अब राष्ट्र बैंकले निष्क्रिय कर्जा ५ प्रतिशत नाघेको बैंकमा पनि निक्षेप राख्ने

1.3k
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले निष्क्रिय कर्जा ५ प्रतिशत नाघेको बैंकमा पनि निक्षेप राख्ने भएको छ ।

नेपाल राष्ट्र बैंकको वित्त व्यवस्थापन विभागले केन्द्रीय बैंकको विभिन्न कोषमा रहेको रकम लगानी गर्नुपर्ने भएकाले बैंक तथा वित्तीय संस्थालाई लिन चाहेको रकम र उक्त रकम लिनका लागि प्रस्ताव गरिएको व्यादर सम्बन्धी प्रस्ताव पेस गर्न आह्वान गरेको छ ।

हाल निष्क्रिय कर्जा ५ प्रतिशत नाघेका बैंकमा राष्ट्र बैंकले निक्षेप लगानी गर्ने गरेको थिएन । अब भने कूल निष्क्रिय कर्जा ८ प्रतिशत र खुद निष्क्रिय कर्जा ३ प्रतिशत ननाघेको बैंकमा निक्षेप राख्ने भएको हो।

राष्ट्र बैंकसँगै संस्थागत निक्षेपकर्ताले ५ प्रतिशत निष्क्रिय कर्जा नाघेको बैंकमा निक्षेप राख्ने नपाउने गरी लगानी सम्बन्धी निर्देशिकामा व्यवस्था गरिएको छ ।

मुद्दती निक्षेपको रुपमा लिन चाहेको रकम खुलाई केन्द्रीय बैंकमा फागुन २० गते मध्यरातभित्र ब्याजदर सम्बन्धी प्रस्ताव पेस गर्न आह्वान गरिएको छ ।