
काठमाडौं । एभरेष्ट बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले १० वर्ष अवधिको एभरेष्ट बैंक डिबेन्चर २०९१’ जारी गर्न लागेको हो ।
बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरले ३० लाख इकाई ऋणपत्र निष्कासन गर्न लागेको हो ।
जसमा १८ इकाई बैंकले आफ्नै पहलमा विभिन्न संघ संस्थालाई बिक्री गर्ने भएको छ ।
बाँकी १२ लाख इकाई सर्वसाधारणका लागि निष्कासन गर्ने छ । ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको जनाएको छ ।
बैंकले १० वर्ष अवधिको एभरेष्ट बैंक डिबेन्चर २०९१’ जारी गर्न लागेको हो । यसको वार्षिक ७.५० प्रतिशत ब्याजदर रहेको छ ।
ऋणपत्रमा फागुन २१ गतेसम्म आवेदन दिन पाइनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा चैत ३ गतेसम्म आवेदन दिन सकिने छ । न्यूनतम २५ देखि अधिकतम १२ लाख इकाईसम्म आवेदन दिन सकिनेछ ।
बिक्री प्रबन्धकको काम लक्ष्मी सनराइज क्यापिटलले गर्नेछ । यसमा सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत आवेदन दिन सकिनेछ ।
प्रतिक्रिया