पुससम्म बैंकले दिए साढे ९१ अर्ब सेयर धितो कर्जाः नबिल र ग्लोबलको प्रतिस्पर्धा


काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा १९ वटा वाणिज्य बैंकले सेयर धितोमा ९१ अर्ब ५४ करोड २१ लाख १० हजार रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

यो कर्जा गत असार मसान्तको तुलनामा ३०.१३ प्रतिशतले बढी हो । असार मसान्तमा ७० अर्ब ३४ करोड ४७ लाख रुपैयाँ प्रवाह भएको थियो । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम अधिक हुँदा सेयर धितोमा जाने क्रम बढेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार स्टयान्डर्ड चार्टर्ड बैंकले सेयर धितो राखेर कर्जा दिएको छैन । बाँकी १९ वटा बैंकले कर्जा प्रवाह गरेका छन् । ६ महिनाको अवधिमा १७ वटा बैंकले सेयर धितोमा जाने कर्जा बढाएको भएपनि हिमालयन र एनआईसी एशिया बैंकले घटाएका छन् ।

असार मसान्तसम्ममा २ अर्ब १ करोड १८ लाख रुपैयाँ सेयर धितो लिएर कर्जा दिएको थियो । पुस मसान्तसम्म आइपुग्दा यो रकम ५.४१ प्रतिशतले घटेर १ अर्ब ९० करोड २८ लाख रुपैयाँमा सिमित भएको छ । यस्तै एनआईसी एशिया बैंैकले असार मसान्तसम्म ३ अर्ब ९६ करोड ९० लाख रुपैयाँ कर्जा गएकोमा पुस मसान्तसम्म ३४.६५ प्रतिशतले घटेर २ अर्ब ५९ करोड ३८ लाखमा सिमित भएको छ ।

पुस मसान्तसम्म सेयर धितोमा सबैभन्दा धेरै कर्जा नबिल बैंकले दिएको छ । बैंकले १२ अर्ब ६० करोड ९२ लाख रुपैयाँ कर्जा दिएको छ । यो असार मसान्तको तुलनामा १०.३४ प्रतिशतले बढी हो । यस्तै धेरै कर्जा दिने दोस्रो बैंकमा ग्लोबल आइएमई रहेको छ । बैंकले पुस मसान्तसम्म ११ अर्ब ५५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । जुन असार मसान्तको तुलनामा ५३.६५ प्रतिशतले बढी हो ।

नेपाल राष्ट्र बैंकका अनुसार पुस मसान्तसम्म नेपाल बैंकले ७ अर्ब ७१ करोड २२ लाख रुपैयाँ सेयर धितो कर्जा गएको छ । जुन असार मसान्तको तुलनामा १३.७४ प्रतिशतले बढी हो । राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब ४८ करोड ८६ लाख रुपैयाँ सेयर धितोमा कर्जा गएको छ । जुन असार मसान्तको तुलनामा ५.३१ प्रतिशतले बढी हो ।

यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पुस मसान्तसम्म २ अर्ब ९९ करोड ४९ लाख रुपैयाँ कर्जा दिएको छ । जुन असार मसान्तको तुलनामा ६१.१७ प्रतिशतले बढी हो । नेपाल एसबिआई बैंकले सेयर धितोमा दिएको कर्जा असार मसान्तको तुलनामा पसु मसान्तसम्ममा १३६.८० प्रतिशतले बढेर ४७ करोड ७३ लाख रुपैयाँ पुगेको छ ।

एभरेष्ट बैंकले सेयर धितोमा दिने कर्जा असार मसान्तको तुलनामा ३७.०३ प्रतिशतले बढेर पुस मसान्तमा २ अर्ब ७७ करोड ७४ लाख रुपैयाँ पुगेको छ । माछापुच्छ्रे बैंकले सेयर धितोमा दिने कर्जा असार मसान्तको तुलनामा पुस मसान्तमा १६४.५७ प्रतिशतले बढाएर १ अर्ब २३ करोड ५७ लाख रुपैयाँ पुगेको छ ।

कुमारी बैंकले असार मसान्तमा सेयर धितोमा ४ अर्ब ३७ करोड ६२ लाख रुपैयाँ कर्जा दिएको थियो । ६ महिनाको अवधिमा ९३.७७ प्रतिशतले बढेर ८ अर्ब ४७ करोड ९७ लाख रुपैयाँ पुगेको छ । लक्ष्मी सनराइज बैंकले सेयर धितो कर्जामा असार मसान्तसम्म ३ अर्ब ३८ करोड ९४ लाख रुपैयाँ कर्जा प्रवाह भएकोमा अहिले यस्तो कर्जा १५.८० प्रतिशतले बढेर पुस मसान्तसम्म ३ अर्ब ९२ करोड ५१ लाख रुपैयाँ पुगेको छ ।

असार मसान्तसम्म ५ अर्ब ७८ करोड ९७ लाख रुपैयाँ शिद्धार्थ बैंकले सेयर धितोमा जाने कर्जा ३८.७१ प्रतिशतले बढेर पुस मसान्तसम्म ८ अर्ब ३ करोड रुपैयाँ रहेको छ । कृषि विकास बैंकले असार समान्तसम्म १ अर्ब ५९ करोड १६ रुपैयाँ सेयर धितोमा कर्जा प्रवाह भएको थियो । ६ महिनाको अवधिमा यस्तो कर्जा २१.२८ प्रतिशतले बढेर १ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ।

यस्तै सिटिजन्स बैंकले पुस मसान्तसम्म ५ अर्ब ९७ करोड कर्जा दिएको छ । जुन असार मसान्तको तुलनामा २४.२१ प्रतिशतले बढी हो । प्राइम बैंकले पुुस मसान्तसम्म ६ अर्ब ५३ करोड १५ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । यो असार मसान्तको तुलनामा ६१.१२ प्रतिशतले बढी हो ।

एनएमबि बैंकले पुस मसान्तसम्म सेयर धितोमा १ अर्ब ७७ करोड २१ लाख रुपैयाँ रहेको छ । यो असार समान्तको तु्लनामा ८०.६८ प्रतिशतले बढी हो । प्रभु बैंकले असार मसान्तको तुलनामा सेयर धितोमा जाने कर्जा ३३.२४ प्रतिशतले बढेर ४ अर्ब २३ करोड ९० लाख रुपैयाँ पुगेको छ । यस्तै सानिमा बैंकले सेयर धितोमा जाने कर्जा ६ महिनाको अवधिमा ४०.४६ प्रतिशतले बढेर २ अर्ब ३१ करोड ९७ लाख रुपैयाँ पुगेको छ ।

लामो समयदेखि घर जग्गाको कारोबार नबढेको, आन्तरिक अर्थतन्त्र चलायमान नहुँदा कर्जा प्रवाह हुन सकेको छैन । जसले गर्दा पनि सेयर धितोमा जाने कर्जा बढेको बताइन्छ ।