![](https://clickmandu.com/wp-content/uploads/2025/01/pathibhara-cable-car-1-768x403.jpg)
काठमाडौं । पाथीभरामा निर्माणाधीन केबलकारको विरोध गर्दै संघर्षका ७ बुँदे संघर्षका कार्यक्रमसहित पुनः आन्दोलन घोषणा भएको छ ।
पाथीभरा केबलकारको बिरोधमा रहेको समूहसँग आइतबार सरकारसँग भएको वार्ता तथा छलफलबाट कुनै पनि निष्कर्ष ननिस्किएको भन्दै आन्दोलनरत समूहले ७ बुँदे संघर्षका कार्यक्रमसहित माघ २९ गतेबाट पुनः आन्दोलन घोषणा गरेको जनाएका छन् ।
आन्दोलनको घोषणा गर्नेमा केबलकारको विरोध गर्दै आएका मुक्कुमलुङ ताङ्सेःप चुम्भोका ११ संस्था र १० वटा अन्तर्दलीय राजनीतिक पार्टी आबद्ध रहेका छन् ।
आन्दोलनका कार्यक्रममा माघ २९ देखि फागुन ९ गतेसम्म ग्लोबल आइएमई बैंकसहित आइएमई समूहको कोशी प्रदेश लगायत देश विदेशमा बहिष्कार गर्ने कार्यक्रम रहेको छ ।
यस्तै फागुन ६ देखि ८ गतेसम्म ‘मुक्कुमलुङ बचाओं पदयात्रा’ गर्ने, केवलकार अनुमति तथा सम्झौता खारेजीका लागि फुङलिङ नगरपालिका कार्यालय घेराउ, केबलकार निर्माण सामग्री ढुवानी नगर्न सम्बद्ध सबै पक्षलाई आग्रह गर्ने कार्यक्रम रहेको छ ।
यस्तै काठमाडौं, इटहरी र विर्तामाडमा केबलकार बिरोध सभा गर्ने, केवलकार खारेजीका लागि कोशी प्रदेशका सबै जिल्ला प्रशासन कार्यालय मार्फत संघ सरकारलाई बिरोधपत्र बुुझाउने, पठाउने, प्रदर्शन गर्ने र विदेशस्थित दुतावासबाट विरोधपत्र पठाउने र अनिश्चितकालीन यातायात वन्द र आमहडताल गर्ने जारी विज्ञप्तिमा उल्लेख छ ।
![](https://clickmandu.com/wp-content/uploads/2025/02/1-664x768.jpg)
![](https://clickmandu.com/wp-content/uploads/2025/02/2-639x768.jpg)
प्रतिक्रिया