काठमाडौं । गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशका १४ जिल्लाका नेपाली कांग्रेसका जिल्ला सभापतिहरूसँग छलफल गरेका छन्।
केही दिनयता पाथीभरा केबुलकार निर्माणसँग सम्बन्धित समस्याका विषयमा गृहमन्त्रीले जिल्ला सभापतिहरुसँग छलफल गरेको उनको सचिवालयले जनाएको छ ।
पाथीभरमा केबुलकार निर्माणको विरोधमा केही समूहले आन्दोलन गरेपछि कोशी प्रदेशमा तनाब बढेको छ । सरकारले आन्दोलनरत पक्षसँग वार्ता टोली गठन गरी संवाद जारी थालेको छ । तर अहिलेसम्म कुनै सहमति भएको छैन ।
आन्दोलनरत पक्षले केबुलकार निर्माण तत्काल स्थगित गर्नुपर्ने अडान राख्दै आएका छन् ।
उनीहरुले पूर्वका जिल्लाहरुमा अनिश्चितकालीन यातायात बन्दको आयोजना गरेका छन् ।
निजी क्षेत्र, राजनीतिक दल र जनप्रतिनिधिहरुले भने विकास निर्माणलाई रोक्न नहुने बताउँदै आएका छन् ।
प्रतिक्रिया