दुई जीवन बिमा कम्पनीसहित यी हुन् प्रभु बैंकका ठूला १३ सेयरधनी
काठमाडौं । प्रभु बैंकका ठूला सेयरधनीमा १३ व्यक्ति तथा कम्पनी रहेका छन् ।
बैंकमा सबैभन्दा ठूलो सेयर स्वामित्व एशियन लाइफ इन्स्योरेन्स कम्पनीको रहेको छ । बैंकमा कम्पनीको ४.९९ प्रतिशत सेयर स्वामित्व छ । जसमा संस्थापक सेयर १ करोड ११ लाख ५३ हजार ८८ कित्ता र सर्वसाधारण तर्फको ६ लाख ५ हजार ९४० कित्तासहित १ करोड १७ लाख ५९ हजार २८ कित्ता सेयर स्वामित्व छ ।
बैंकमा गौरव अग्रवालको २.७१ प्रतिशत सेयर स्वामित्व रहेको छ । जसमा संस्थापक तर्फ ६३ लाख ४६ हजार १३९ कित्ता, सर्वसाधारण तर्फ ३३ हजार ७३ कित्ता सहित ६३ लाख ७९ हजार २१२ कित्ता सेयर स्वामित्व छ ।
बैंकमा कर्मचारी संचय कोषको २.५३ प्रतिशत सेयर स्वामित्व छ । जसमा संस्थापक तर्फ ५६ लाख ४२ हजार ३६१ कित्ता, सर्वसाधारण तर्फ ३ लाख ९ हजार ४६६ कित्तासहित ५९ लाख ५१ हजार ८२७ कित्ता सेयर स्वामित्व छ । प्रभु ग्रुपको ०.९९ प्रतिशत सेयर स्वामित्व छ । बैंकमा ग्रुपको संस्थापक तर्फको २३ लाख ५४ हजार कित्ता स्वामित्व छ ।
यस्तै मिजास भट्टचनको ०.८ प्रतिशत स्वामित्व छ । जसमा संस्थापक तर्फको १८ लाख ९३ हजार ५८६ कित्ता र सर्वसाधारण तर्फ ४६ कित्ता सहित १८ लाख ९३ हजार ६३२ कित्ता सेयर स्वामित्व छ ।
सुदिप आचार्यको ०.६प्रतिशत स्वामित्व छ । जसमा संस्थापक तर्फ १३ लाख ३३ हजार २० कित्ता र सर्वसाधारण तर्फ ८८ हजार ९०३ कित्तासहित १४ लाख २१ हजार ९२३ कित्ता स्वामित्व छ ।
बैंकमा अम्बिका शर्मा लामिछानेको ०.६ प्रतिशत स्वामित्व छ । जसमा संस्थापक तर्फ ११ लाख ४५ हजार ९३६ कित्ता, सर्वसाधारण तर्फ २ लाख ६३ हजार ५९७ कित्ता सहित १४ लाख ९ हजार ५३३ कित्ता स्वामित्व छ ।
ज्यानुु श्रेष्ठको ०.५८ प्रतिशत सेयर स्वामित्व छ । जसमा संस्थापक १२ लाख ६६ हजार १०९ कित्ता, सर्वसाधारण तर्फ ९४ हजार ३०५ कित्ता सहित १३ लाख ६० हजार ४१४ कित्ता स्वामित्व छ ।
राजेन्द्र भट्टचनको ०.५७ प्रतिशत स्वामित्व छ । बैंकमा उनको संस्थापक सेयर १३ लाख ५१ हजार ४८६ कित्ता, स्वरुप गुरुङको ०.५७ प्रतिशत स्वामित्व छ । जसमा संस्थापक सेयर ८ लाख ९ हजार ९७६ कित्ता र सर्वसाधारण तर्फ ५ लाख २६ हजार ५१६ कित्तासहित १३ लाख ३६ हजार ४९२ कित्ता रहेको छ ।
नेपाल इन्भेष्टमेन्ट प्रालिको ०.५२ प्रतिशत स्वामित्व छ । जसमा संस्थापक १२ लाख २९ हजार ३५९ कित्ता र सर्वसाधारण तर्फ १ सहित १२ लाख २९ हजार ३६० कित्ता स्वामित्व छ ।
यस्तै शिवम सिमेन्टको ०.५१ प्रतिशत अर्थात ११ लाख ९१ हजार ८०० र सन नेपाल लाइफ इन्स्योरेन्सको ०.५० प्रतिशत अर्थात ११ लाख ८० हजार ८७२ कित्ता संस्थापक सेयर स्वामित्व छ ।