६० वर्ष पुगेका श्रमिकलाई अनिवार्य अवकाश



काठमाडौं । श्रमिकहरूले अब ६० वर्षमा अनिवार्य अवकाश पाउने भएका छन् । सरकारले ल्याएको अध्यादेशमार्फत श्रमिकको अनिवार्य अवकाशको उमेर हद ६० वर्ष पुर्याएको छ ।

पुस २६ गते बसेको मन्त्रिपरिषद् बैठकले केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेशमार्फत ५८ वर्षलाई ६० वर्षमा अवकाश पाउने व्यवस्था गरेको छ ।

सरकारले पेन्सन पाउने उमेर ६० वर्ष र सेवा निवृत्त हुने उमेर ५८ वर्ष भएकोमा मिलान गरी श्रमिकहरूको अनिवार्य अवकाश उमेर ५८ बाट ६० वर्ष बनाइएको हो ।


क्लिकमान्डु