जापानी कम्पनीले भन्यो: वाकीटकी उत्पादन एक दशक पहिले नै बन्द भइसकेको छ



एजेन्सी । लेबननमा ताररहित सञ्चार उपकरणहरू विस्फोटनको दोस्रो लहरमा परेर कम्तीमा २० जना मारिनुका साथै ४५० जनाभन्दा धेरै घाइते भएको त्यहाँका स्वास्थ्यमन्त्रीले जनाएका छन् ।

राजधानी बेइरुतको दक्षिणी भेगमा पर्ने क्षेत्रमा पर्ने उपनगरहरू बेका उपत्यका र दक्षिण लेबननमा सशस्त्र समूह हिज्बुल्लाहले प्रयोग गरेका वाकीटकीहरू पड्किएका थिए । ती हिज्बुल्लाहको बलियो पकड भएका क्षेत्रहरू हुन् ।

मन्त्रालयका अनुसार केही विस्फोटनहरू मङ्गलवारका पेजर विस्फोटनमा ज्यान गुमाउनेहरूको अन्तिम संस्कार भइरहँदा भएको थियो ।

हिज्बुल्लाहले इजरेललाई उक्त हमलाको आरोप लगाएको छ । इजरेलले त्यसमा कुनै प्रतिक्रिया जनाएको छैन ।

जापानी कम्पनीले बनाएको वाकीटकी बिस्फोट भएको बीबीसीले जनाएको छ ।

तर जापानी कम्पनी जसले उक्त वाकीटकी बनाउँछ उसले भने त्यस्ता उपकरणको उत्पादन १० वर्ष पहिला नै बन्द भएको जनाएको छ ।

आइकमले आईसी-भी८२ लाई ह्यान्डहेल्ड रेडियोको रूपमा अर्थ्याएको छ जसको सन् २००४ देखि २०१४ सम्म मध्य पूर्वमा निर्यात गरिएको थियो र त्यसपछि नपठाइएको र ब्याट्री उत्पादन पनि रोकिएको जापानीज कम्पनीले जनाएको छ ।
हिजोको आक्रमणमा विस्फोट भएको आईसी-भी८२एसलाई आईकमबाट सिधै पठाइएको हो वा वितरक मार्फत भन्ने पुष्टि गर्न सम्भव नभएको कम्पनीले जनाएको छैन।

यसअघि, आईकमको अमेरिकी सहायक कम्पनीका एक बिक्री कार्यकारीले एपीलाई लेबनानमा विस्फोट भएको यन्त्रहरू नक-अफ उत्पादन जस्तो देखिने बताए । अनलाइन उत्पादनको नक्कली संस्करणहरू फेला पार्न सजिलो भएको उनले बताए ।


क्लिकमान्डु