राधिका दासीमाथि आरोप लगाएकी वेदिका केसी पक्राउ

840
Shares

काठमाडौं । युट्युब तथा अन्य सामाजिक सञ्जालबाट राधिका दासीबिरुद्ध अफवाह फैल्याएको आरोपमा वेदिका केसीलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीको केन्द्रीय साइबर ब्यूरो भोटाहिटीले उनलाई पक्राउ गरेको हो।

पक्राउ परेकी केसीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट साइबर कसुरमा एक दिनको म्याद थप भएको छ।

बिनाप्रमाण आफ्नो चरित्रहत्या गर्न खोजेको भन्दै राधिकाले उजुरी दिएकी थिइन् ।

विभिन्न सामाजिक सञ्जाल तथा युट्युबमार्फत उनले कथावाचिका राधिका दासीबिरुद्ध तथ्यहीन आरोप लगाएको प्रहरीको भनाइ छ । भारतमा दासीको अघोषित श्रीमान रहेको र विभिन्न कार्यक्रममा उठेको रकम हिनामिना गरेको आरोप लगाएकी थिइन् ।