ईभीमा २० प्रतिशतसम्म बढ्यो कर, कुन सवारीसाधनमा कति ?



काठमाडौं ।सरकारले विद्युतीय सवारीसाधन (ईभी) १० प्रतिशतले कर बढाएको छ ।

कुनैमा अन्तशुल्क र कुनैमा भन्सार बढाउदै समग्रमा १० प्रतिशत कर बढाएको छ । ५० किलोवाटसम्मको ईभीमा  सरकारले भन्सार दर १० प्रतिशतमा ५ प्रतिशत थपेर १५ प्रतिशत पुर्‍याएको छ। अन्तशुल्क छुट थियो । ५ प्रतिशले बढाइएको छ । समग्रमा १० प्रतिशत कर बढाइएको छ ।

५१ देखपि १०० किलोवाटमा ५/५ प्रतिशत प्रतिशत भन्सार र अन्तशुल्क बढाएको छ । यसअघि १५ प्रतिशत भन्सार र १० प्रतिशत अन्त शुल्क थियो ।

१०१ देखि २०० किलोवाटसम्म ३० प्रतिशत भन्सार र २० प्रतिशत अन्तशुल्क पुर्‍याएको छ । यस अघि भन्सार २० प्रतिशत र अन्तशुल्क २० प्रतिशत थियो । २०१ देखि ३०० किलोवाटको २० प्रतिशत भन्सार बढाएको छ ।१० प्रतिशत अन्त शुल्क घटेको छ ।

३०० भन्दा बढीमा २० प्रतिशत भन्सार बढेको छ । १० प्रतिशत अन्त शुल्क घटेको छ । समग्रमा १० प्रतिशत कर बढेको छ ।

 किलोवाटपहिले  अहिले  
 भन्सार  अन्तशुल्क भन्सार  अन्तशुल्क
 ५० १०  १५ ५
 ५१-१०० १५ १० २० १५
 १०१-२०० २० २० ३० २०
 २०१-३०० ४० ४५ ६०३५ 
 ३०० भन्दा बढी ६० ६० ८० ५०


क्लिकमान्डु