पुँजीकोष माथिको दबाब हटाउन अतिरिक्त औजार जारी गर्न दिने राष्ट्र बैंकको घोषणा, कर्जा विस्तार गर्न राहत



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको थप पुँजी जुटाउन सहजीकरण गर्ने भएको छ । बैंकहरु पुँजीकोष सकसमा परेको बेला केन्द्री बैंकले मौद्रिक नीति समीक्षामार्फत् सुदृढ बनाउने बाटो खोल्ने भएको हो ।

केन्द्रीय बैंकको घोषणा अनुसार पुँजीकोष थप सुदृढ गर्ने सम्बन्धमा अतिरिक्त उपकरणहरु प्रयोगमा ल्याउन आवश्यक सहजीकरण गरिने भएको छ ।

पुँजीकोष सुदृढ बनाउने अतिरिक्त उपाय पर्पेचुअल प्रकृतिको प्रिफरेन्सियल सेयर वा पर्पेचुअल डेब्ड इन्ट्रुमेन्ट जारी गर्नु हो ।
पुँजीकोष सकस भएका कारण कर्जा विस्तार गर्न नसकेका बैंकलाई केन्द्रीय बैंकको यो व्यवस्थाबाट राहत मिल्नेछ ।


क्लिकमान्डु