गृहमन्त्री रवि संलग्न सुप्रिम सहकारी ठगी प्रकरणः पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश धरौटीमा रिहा



काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणमा संलग्न रहेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन रिहा भएका छन् ।

उनी जिल्ला अदालत रुपन्देहीमा आज ४ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन् ।

सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका उनलाई धरौटीमा रिहा गर्न अदालतले वैशाख ५ गते आदेश दिएको थियो ।

५ गते रुपन्देही जिल्ला अदालतका न्यायाधीश डा. दीपक उप्रेतीको इजलासले पुन ४ लाख धरौटीमा रिहा गर्न आदेश दिएका थिए । अदालतले थुनछेक बहसपछि उक्त आदेश दिएको थियो ।

वैशाख ३ गते जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत रुपन्देहीमा उनीविरुद्ध मुद्दा दर्ता भएको थियो । ओखलढुङ्गा घर भएका जीबी राईसहित २८ जनालाई प्रतिवादी बनाएर सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गराएको थियो ।

सहकारीमा राखेको निक्षेप हिनामिना गरेर ठगी गरेको आरोप लगाएर १ हजार ८३१ जनाले इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दिएका थिए ।


क्लिकमान्डु