सुप्रिम सहकारीमा बचतकर्ताको ८६ करोड ठगी: जीबी राई, दीपेश पुनसहित २८ जना बिरुद्ध मुद्दा दायर



काठमाडौं । सुप्रिम बचत तथा ऋण सहकारीबाट बचतकर्ताको ८६ करोड १८ लाख रुपैयाँ ठग्ने २८ जना बिरुद्द मुद्दा दायर भएको छ ।

सरकारी वकिलको कार्यालय रुपन्देहीले  ८६ करोड १८ लाख रुपैयाँ बिगो दाबी गर्दै २८ जनालाई मुद्दा दायर गरेको जिल्ला सरकारी वकिल कार्यालय, रुपन्देहीका प्रमुख मुक्तिराम सुवेदीले बताए ।

प्रहरीले सहकारीबाट बचतकर्ताको ८६ करोड १८ लाख बिगो दाबी गर्दै २८ जनालाई प्रतिवादी बनाएको हो । २८ जनामा सहकारीका संस्थापक गितेन्द्रबाबु राई (जीबी), अध्यक्ष ओमप्रकाश गुरुङ, सहकारीका कोषाध्यक्ष कुमार रम्तेल, पूर्व उपराष्ट्रपतिका छोरा दीपेश पुन, हेमन्त अधिकारी, कविता तामाङ भुपेन्द्र राई, र नवीन अछामी, दुर्गा चापागाईं पाण्डे,  भवीश्वर अर्याल, सुरज श्रेष्ठ, राजु बराल, धीरजकुमार दास, असव अलि सिद्धिकी, बुद्धि गुरुङ, आशिस आनन्त, ,  नीता थापा, दीपक न्यौपाने, रोशनी गुरुङ, सागर केसी, मोजहर मोहम्मद, गभवती लिगल ढुंगाना, पौबहादुर गुरुङ र स्यान्जिक राजभण्डारीलाई प्रतिवादी बनाइएको छ ।


क्लिकमान्डु