
काठमाडौं । झन्डै तीन दशकअघि शुरु भएको एनआईसी एशिया बैंकले २९औं वार्षिकोत्सव मनाएको छ । बैंकले सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रमहरू आयोजना गर्दै वार्षिकोत्सव मनाएको हो ।
वार्षिकोत्सवको अवसरमा बैंकले सप्ताहव्यापी रुपमा मुलुकभर विभिन्न कार्यक्रम तथा सामाजिक कार्यहरु सञ्चालन गरिरहेको छ ।
यसै अवसरमा साउन ४ गते महिनाको पहिलो सोमबार पारेर पशुपति मन्दिर दर्शन गर्ने भक्तजनहरुको लागि खानेपानी वितरण कार्य सम्पन्न गरेको छ ।
त्यसैगरी, बैंकले नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवासँगको सहकार्यमा बैंकको केन्द्रीय कार्यालय, कमलादी, काठमाडौंमा साउन ५ गते रक्तदान कार्यक्रम गरेको छ । उक्त रक्तदान कार्यक्रममा १०१ जना कर्मचारी तथा ग्राहकहरुले रक्तदान गरी मानवीय सेवामा योगदान पुर्याएको बैंकले जनाएको छ ।
त्यसैगरी, सोही दिन बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सातै प्रदेशका विभिन्न स्थानमा १३ वटा विद्यालय र एक आश्रममा सहयोग उपलब्ध गराएको छ । बैंकले कोशी प्रदेशमा ४, बागमती प्रदेशमा ४ र अन्य प्रदेशमा एकएक विद्यालयमा कम्प्युटर, फर्निचर, स्मार्ट बोर्ड, भवनको छाना ट्रस निर्माण, प्रोजेक्टर, वाटर प्युरिफायर, प्रिन्टर, झोला र शैक्षिक सामग्री सहयोग उपलब्ध गराएको छ ।
त्यसैगरी, बैंकले सातै प्रदेशका सांस्कृतिक सम्पदाहरु, मन्दिर, विद्यालय तथा अन्य सार्वजनिक स्थलहरुको संरक्षण तथा प्रवद्र्धन गर्न सहयोग पुर्याउने उद्देश्यले सरसफाइ कार्यक्रम सञ्चालन गरिरहेको बैंकले जनाएको छ ।





प्रतिक्रिया