सुनको मूल्य आजसम्मकै सबैभन्दा महँगो, कतिमा भइरहेको छ कारोबार ?



काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले आज पनि रेकर्ड कायम गरेको छ ।

केही समययता लगातार बढेर दैनिक रेकर्ड राख्दै आएको सुनको मूल्य आज अहिलेसम्मकै बढी मूल्यमा कारोबार भएको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुनको मूल्य १ सय रुपैयाँले बढेर १ लाख ३६ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

सोमबार पनि सुनको मूल्यले नयाँ इतिहास कायम गरेको थियो । आइतबार एकै दिन २९ सय रुपैयाँले बढेर १ लाख ३५ हजार ६ सय रुपैयाँ कायम भएको सुनको मूल्यले सोमबार ६ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको थियो ।

सोमबार सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन आज प्रतितोला १ लाख ३५ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ६८५ रुपैयाँ कामय भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।


क्लिकमान्डु