
एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले मंगलबार युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीसँग भेटघाट गरेका छन् ।
फ्रान्समा चलिरहेको जी७ शिखर सम्मेलनको साइडलाइनमा उनीहरूको भेटघाट भएको हो ।
ट्रम्पले पत्रकाररूसँग कुराकानी गर्दै भने, ‘हेर्नुस्, रुसले अब सम्झौता गर्नुपर्छ । रुसले ठूलो संख्यामा मानिसहरू गुमाएको छ र युक्रेनले पनि त्यस्तै क्षति भोगेको छ । गत महिना मात्रै यी दुई देशबीच ३५ हजार सैनिकहरू मारिए । यो मासिक रूपमा भइरहेको छ । उनीहरूले औसतमा २५ हजार मानिसहरू गुमाइरहेका छन् जसमा धेरैजसो सैनिकहरू, युवा र सुन्दर मानिसहरू छन् । त्यहाँ जे भइरहेको छ, त्यो पागलपन हो ।’
‘तर हाम्रो भेटघाट भयो र अब हेरौं के हुन्छ । मैले आइतबार राष्ट्रपति भ्लादिमिर पुटिनसँग पनि कुरा गरेको थिएँ ।’
ट्रम्पले पुटिन र जेलेन्स्कीबीच एकअर्काप्रति धेरै घृणा रहेको बताए र आजै फेरि जेलेन्स्कीसँग भेट्ने कुरा दोहोर्याए ।











प्रतिक्रिया